धरान : अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको प्रवर्द्धनका लागि शनिवार भएको पत्रकार महासङ्घ र आयोजक सञ्जीवनी केन्द्र बिच भएको मैत्रीपूर्ण फुटसल ४-४ गोलको बराबरीमा टुङ्गिएको छ ।
असोज ३ देखि ५ गते सम्म हुने तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको ट्रफि सार्वजनिक गर्न आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेल भएको हो।
पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासङ्घ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले संयुक्त रूपमा ट्रफि सार्वजनिक गरे ।
धरान-१६ स्थित बिबि फुटसलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा पुनर्स्थापना केन्द्रहरूका टिम बिच प्रतिस्पर्धा हुनेछ । ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टा छुट्टै प्रतियोगिता हुनेछ ।
भेट्रानमा ४० वर्षका २ जना र बाँकी ४० माथिका हुनु पर्नेछ । प्रतियोगितामा धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ, भुटान, भारतका सिलगुरी, सिक्किम, दार्जिलिङ, सिक्किम गान्तोकको टिम सहभागी हुने आयोजक संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले बताएका छन् ।
पुरस्कार स्वरूप ओपन रिकभरिङ तर्फ प्रथम नगद २ लाख, दोस्रो नगद १ लाख प्रदान गरिने छ । भेट्रान विजेतालाई प्रथम नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार प्रदान गरिने छ ।
महिला विजेता प्रथम नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार रहेको छ । व्यक्तिगत पुरस्कारमा उत्कृष्ट खेलाडी र गोलकिपरलाई नगद ५ हजार प्रदान गरिने छ । ओपन रिकभरिङ प्रतियोगिताको सेमिफाइनल देखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको अध्यक्ष ताम्राकारले बताए ।


































































