धरान : अनेरास्ववियु क्रान्तिकारी दोस्रो कोसी प्रदेश सम्मेलन आज मंगलबार धरानमा हुदैंछ ।

सम्मेलन २ दिन सम्म चल्ने प्रदेश अध्यक्ष हेमन्त राईले बताए । धरान-१५ ईजि राईडर होटेलमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले सम्मेलनको उद्घाटन गर्दैछन् ।

सम्मेलनको मूल नारा ‘सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ सङ्गठन निर्माण’का रहेको अध्यक्ष राईले बताए । उनका अनुसार सम्मेलनमा शैक्षिक मुद्दा, राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठ्ने छ ।

उनले भने ‘समाजवादी शिक्षा प्रणालीका क्रान्तिकारीको प्रमुख मुद्दा हो ।’

सम्मेलनमा कोसी प्रदेशको १४ जिल्लाका ३० हजार बढी सङ्गठित सदस्यहरू मध्येबाट ४५५ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनद्वारा ११ सदस्यीय पदाधिकारी सहित ६१ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने बताइएको छ ।