धरान : भोजपुर सुनसरी सेवा समाजले धरानमा कार्य सञ्चालनका लागि आफ्नै अस्थायी भवन निर्माण गरेको छ । धरान-१५ स्थित गणतान्त्रिक बस्ती (ख) निर्माण भएको भवन शुक्रवार एक समारोह बिच वडाध्यक्ष नरेश ईवरामले गरेका छन् ।

भोजपुर थातथलो भएर सुनसरीमा बसोबास गर्दे आएका भोजपुरेहरुको साझा संस्था भोजपुर सुनसरी सेवा समाजले संस्थालाई स्थायीतव प्रदान गर्न धरानमा भवन निर्माण गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष इङवारमले समाजको भवन निर्माणको लागि धरान उपमहानगरपालिकाले निर्णय गरी २ कट्ठा जग्गा उपलब्ध गराएको बताए । भवनको स्तरोन्नति र कार्यालय व्यवस्थापनका लागि १५ नं वडाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

समाजका अध्यक्ष रेवतीरमण राईले अब समाजको सबै क्रियाकलाप भवनमा व्यवस्था गरिएको कार्यालयबाट सञ्चालन हुने जानकारी दिए । अस्थायी रूपमा बनेको भवनलाई स्थायित्व प्रदान गर्न चाडै पक्की भवन निर्माण गरिने उनले बताए ।

अध्यक्ष राईले भने ‘भवन बनाउन अप्ठ्यारो स्थिति थियो तापनि भवन बनेको छ, समाजको लागि खुसीको कुरा हो ।’ अस्थायी भवन करिब २ लाखमा बनेको उनले बताए ।

कार्यक्रम सञ्चालन भुवन सिंह बस्नेतले गरेका थिए । भवन उद्घाटनमा जसपा नेपालका धरान अध्यक्ष ताजुब लिम्बु लगायत सङ्घ संस्थाका प्रतिनिधि सहित सुनसरीमा बसोबास गर्ने भोजपुरेहरुको उपस्थिति थियो ।

उद्घाटनको अवसरमा भवन परिसरमा वृक्षारोपण पनि गरिएको छ ।