धरान : पथरी शनिश्चरे-१ का २२ वर्षीय कर्ण लिम्बुलाई प्रहरीले सोमवार लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले लिम्बुलाई ४ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी झापा गौरादह-७ का १९ वर्षीय मन्जिल चौधरीलाई पनि सोमवारै प्रहरीले ब्राउन सुगर सहित विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर-१५ ढाटमा भारतबाट आउँदै गरेको अवस्थामा उनलाई ९३ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।