धरान : नवौँ संविधान दिवस मनाउँदै धरानमा नेकपा माओवादी र नेकपा एमाले निकट सङ्गठनहरूले संयुक्त रूपमा भानुचौक आज साँझ दीपावली गरेका छन ।

कार्यक्रमको आयोजना नेकपा एमाले निकट अनेरास्ववियु/ युवासंघ धरान र नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन/ वाईसियल नेपाल धरानको संयुक्त आयोजना भएको हो ।

अनेरास्ववियुका जिल्ला उपाध्यक्ष शेखर रेग्मी र वाईसियल धरानका अध्यक्ष दीपक लिम्बुले संविधान कार्यान्वयनमा सबैको भूमिका रहेको बताए । सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज बुद्रोस लिम्बुले गरेका थिए ।