धरान : इजरायलले लेबनान स्थित हिजबुल्ला विद्रोहीको गढहरूमा सोमवार हवाई आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३५ जना बालबालिका छन् ।

५८ जना महिलाको मृत्यु भएको उक्त आक्रमणमा १६४५ जना घाइते भएका छन् । हजारौँ घरबाट भाग्नु परेको छ । इजरायली सेनाले जनाए अनुसार हमलाको जवाफमा हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको छ । घट्नामा २ जना घाइते भएका छन् । इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा हमाश विरुद्ध सुरु गरेको युद्ध पछि लेबनानमा हिजबुल्लाहलाई लक्ष्यीत गरी युद्ध सुरु गरेको छ ।

गाजपट्टीमा सयकडौँ प्यालेष्टाईनको मृत्यु, हजारौँ बेघरबार भएका छन् । पछिल्लो समय इजरायल र लेबनानको हिजबुल्लाह लडाकु बिचको सङ्घर्षमा दर्जनौँ मुलुकले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । द्वन्द्व नरोकिए यसले ठुलो युद्धको रूप लिने आशङ्का नेताहरूले जनाएका छन् ।