धरान : अविरल वर्षा आइतबार सम्म नरोकिने ठुलो पानी पर्ने सम्भावना भएकोले हिमाली पहाडी जिल्लामा पर्ने रुटमा रात्रिकालीन बसहरू नचलाउन सरकारले सार्वजनिक सूचना जारी गरेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी सूचनामा आज शुक्रवार भोली शनिवार रात्रीबस नचलाउन भनिएको छ ।

सूचनामा भनिएको छ ‘रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आङ्कलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउने ।’

सर्वसाधारणलाई पनि अत्यन्त जरुरी काममा बाहेक यात्रा नगर्न आग्रह गरिएको छ । अविरल वर्षाका बेला बाढी, पहिरोले सडक यातायात अवरुद्ध हुने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै सूचनामा भनिएको छ ‘यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्ने ।’

राष्ट्रिय विपद् जोखिम प्राधिकरणले विशेष गरी ४ प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनीका सबै जिल्ला र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा अविरल वर्षाबाट बाढी पहिरोले प्रभावित हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

bus-rute