धरान : झापाको हल्दिवारी-३ मा जङ्गलबाट घाँस काटेर फर्किँदै गरेका एक वृद्धलाई बिहीबार बिहान जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वाङदी गुरुङ भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
रणकाली सामुदायिक जङ्गलमा घाँस काटेर फर्कँदै गरेका गुरुङलाई जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थल पुगेको प्रहरी टोलीले शवको उद्धार गरेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।