धरान : इलाका प्रहरी कार्यालय धरानले धरान-१५ परिवर्तित मार्गबाट २८ वर्षीय राजु थापा र २८ वर्षीय अभिषेक मगरलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई बुधवार साँझ ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

बुधवारै वराहक्षेत्र-४ का ७ जना युवालाई लागुऔषध सहित अस्थायी प्रहरी चौकी नडाहाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वराहक्षेत्र-४ का २२ वर्षीय अनिल बिक, २३ वर्षीय कन्चन राई, २२ वर्षीय संदिप राई, २५ वर्षीय करण राई, २३ वर्षीय आकाश राई, २२ वर्षीय अस्मिन राई, २४ वर्षीय हेमन राई छन् ।

उनीहरूबाट प्रहरीले ट्रमाडोल ३०५ पिस र डेकोलिक २१० पिस बरामद गरेको छ । लागुऔषध सहित नियन्त्रणमा लिएको उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाले इलाम-९ का ३२ वर्षीय दीपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा-७ त्रिवेणीबाट छथरजोरपाटी-४ का २६ वर्षीय निर्मल विश्वकर्मा र धनकुटा-७ का ३१ वर्षीय विजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर, ट्रामानिल १४ क्याप्सुल, स्पास्मो १५ ट्याब्लेट र ट्रमान-५० ४ क्याप्सुल सहित पक्राउ गरेको छ ।