धरान : विश्व प्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

भी सिरिजको पछिल्लो संस्करण भिभो भी४० लाइट आफ्नो उच्चस्तरीय डिजाइन, फ्ल्यास चार्जिङ प्रविधि र अत्याधुनिक एआई प्रवर्धित फोटोग्राफीलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई विशिष्टता प्रदान गर्ने कम्पनीको दाबी छ ।

दुई आकर्षक रङहरू टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभो भी४० लाइटले प्रभावशाली अल्ट्रा-स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ ।

फोनमा मेटालिक हाई-ग्लस फ्रेम पनि छ, जसले फोनलाई प्रिमियम लुक दिँदै यसको स्लिम डिजाइनलाई कायम राख्छ । यस स्मार्टफोनलाई आई पि ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएकोे छ, जसले वातावरणीय प्रभावबाट सुरक्षा प्रदान गर्दछ, र यसलाई दैनिक प्रयोगको चुनौतीलाई सजिलै सहन सक्षम बनाउँछ ।

भिभो भी४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ, जसले फोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ र प्रयोगकर्ताहरूलाई सधैं पावर अन भएको महसुस गराउँछ । साथै, भिभो भी४० लाइटले ४ वर्षको ब्याट्री स्वास्थ्य पनि सुनिश्चित गर्दछ, जसले भिभोको भरपर्दो उपकरण निर्माणको प्रतिबद्धतालाई देखाउँछ ।

भिभो भी४० लाइटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभव प्रदान गर्दछ, विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि, यो एक व्यक्तिगत सिनेमाघर जस्तै हुनेछ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

भिभो भी४० लाइटले जीवनका अमूल्य क्षणहरूलाई अझ स्पष्ट र जीवन्त बनाउँछ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भुत बनाइदिन्छ । यसबाहेक, फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्दछ ।

कार्तिक २ गतेदेखि नेपाली बजारमा उपलब्ध यो फोनको मुल्य मात्र रु. ३६,९९९ रहेको कम्पनीले जानकारी दिएको छ ।