धरान : सुनसरी जिल्ला अदालतले ९ वर्ष अघि नै हटाउने आदेश दिएको शनिदेव मन्दिरका पुजारी विश्वदेव पोखरेल उर्फ ‘काग बाबा’ फेरी व्यवस्थापन समितिकै विरोध गर्दै अनसनमा बसेका छन् ।

व्यवस्थापन समिति सचिव केशव रिजालका अनुसार २०७२ साल फागुन ५ गतेको फैसलामा सुनसरी जिल्ला अदालतले पुजारीलाई हटाउने फैसला गरेको थियो । उनले भने ‘त्यति बेला जबरजस्ती गरेर बसेका थिए ।’

अहिले पुनः अदालती आदेश बिर्सिएर उल्टो व्यवस्थापन समिति व्यवस्थापन समिति नै खारेज हुनुपर्छ भनी अनशनमा बसेका छन् । उनले भने 'पटक-पटक उनका अनुयायीहरूले हुल हुज्जत गर्ने अनशन बस्ने धम्की दिदैं व्यवस्थापन समितिका सदस्यहरूले हातपात सम्म गर्दै आएका छन् ।’

धरान-८ स्थित तीनकुने तलतिर चारकोशे जङ्गल स्थित महांकाल शनिदेव मन्दिरमा विश्वकर्मा पूजाको दिन हजारौँ सवारी साधनहरू पूजाका लागि आउँछन् । दैनिक पूजा गर्न आउनेहरूबाट हजारौँ रुपैयाँ भेटीका रूपमा उठ्ने गर्छ ।

विश्वदेव पोखरेल उर्फ ‘काग बाबा’ र व्यवस्थापन समिति बिच हुने पटक पटक हुने विवादको कारण मन्दिरको आम्दानी हो । काग बाबालाई व्यवस्थापन समितिले पुजारी नियुक्त गरेको छैन । तर पनि जबरजस्ती ‘मै पुजारी हुँ’ भनी उनले मन्दिर कब्जा गर्दै आएको सचिव रिजालले बताए ।

मन्दिर व्यवस्थापन समितिले उनैलाई भेटी, दान दक्षिणा दिदैं आएपनि काग बाबाले मन्दिरका सम्पूर्ण आर्थिक कारोबार आफ्नो हुनुपर्ने दाबी गर्दै व्यवस्थापन समिति खारेज हुनुपर्ने माग सहित आमरण अनसन बसेका हुन । उनले ८ बुँदे माग राखेका छन् ।

कात्तिक १ गते देखि आमरण अनसन बसेका काग बाबाको यो दोस्रो अनसन हो । उनलाई आज बिहीबार व्यवस्थापन समिति सहित सरोकारवालाहरूले मन्दिरमा अनैतिक हर्कत बन्द गर्न र मेलमिलापमा आउन आग्रह गर्दा उनले अस्वीकार गरेको व्यवस्थापन समिति अध्यक्ष राजकुमार निरौलाले बताए ।

वडा ८ का अध्यक्ष धनबहादुर राई, वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, सहित धरानका सङ्घ संस्थाका अगुवाहरू उनलाई सहमतिमा ल्याउन मन्दिर स्थलमा पुगेका थिए । काग बाबाले भने सम्पूर्ण  आर्थिक कारोबार आफ्नो हुनुपर्ने र मन्दिर व्यवस्थापन समिति खारेज हुनुपर्ने माग गरेका छन् ।

अध्यक्ष निरौलालाले भने ‘मन्दिर सार्वजनिक सम्पत्ति र सबैको आस्थाको केन्द्र हो, उनले भने एकलौटी शासन जमाउन खोजेको छ ।’

काग बाबाका अनुसार समितिले उनी सङ्घ सहमति नगरी गेटमा दैनिक रसिद काटी चन्दा उठाएर लैजाने गरेको  बताए । मूल पुजारीसँग गरिएका सहमतिहरूको कार्यान्वयन नगरेको उनको आरोप छ ।

उनले आफू २०६८ देखी पुजारीको कार्य गर्दै आएको दाबी गरेका छन । सञ्चालक समिति २०६९ साल देखी मात्र बनेको उनको भनाई छ । उनले २०६९ मा अनसन बसेपछि पुजारी यथावत् कायम गरेको बताए ।

व्यवस्थापन समितिले शनि मन्दिर २०४८ सालमा समाजसेवी कृष्णबहादुर शाहीले स्थापना र निर्माण गरेको जनाएको छ । २०५८ सालमा महाकाल शनिदेव मन्दिर सञ्चालक समिति गठन भएको थियो । सञ्चालक समितिका अध्यक्ष निरौलाले काग बाबाको भनाई निराधार भएको बताए ।

उनले भने ‘म कार्यसमिति आएपछि नेपाल सरकारको नियम भित्र बसेर कार्य गर्दै आएकोमा काग बाबाले सञ्चालक समितिलाई गाली गलौज धम्की दिएर मन्दिर परिसर भित्र पस्न नदिने धम्की समेत दिएका थिए ।’

काग बाबाले मन्दिरमा मनपरी गर्ने, मन्दिर भित्रको सम्पूर्ण दान, भेटी उठाएर आफै लैजाने गरेको अध्यक्ष निरौलाको आरोप छ । कार्यसमितिले मन्दिर परिसरमा २०८१ असार देखि स्वैच्छिक दान गर्नेलाई रसिद दिएर रकम उठाएको र उठेको रकम बैङ्कमा जम्मा गरिदैं आएको उनले बताए ।

सचिव रिजालका अनुसार धाक धम्की दिँदै सञ्चालक समितिका सदस्यहरूलाई समेत मन्दिरमा पस्न नदिई जबरजस्ती बसेका काग बाबाले समितिका उपाध्यक्ष जुद्ध लोहनीलाई ‘तँ दलित फटाहा, पूर्णिमाको दिन तेरो अनुहार हेरेर दशा लाग्छ’ भन्दै छुवाछुतको व्यवहार समेत गरेका छन् ।

kag-baba