धरान : किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजनिक भएको छ । डी.आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल कुमार  लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल (Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको भिडियोमा साइँलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र युवाको साइँलीप्रतिको आकर्षणलाई विषयवस्तु बनाइएको छ ।

गायक किसन राईले २०२३ अक्टोबर महिनामा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडियो यही च्यानल मार्फत सार्वजनिक गरेको थियो ।