धरान : धरान-१७ खैरेनी स्थिति एक कृषि फर्ममा मङ्गलवार राती गाँजाको कारोबार भइरहेको अवस्थामा प्रहरीले फर्म सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्ममा गाँजाको कारोबार गरेको आरोपमा फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राईलाई पक्राउ गरेको छ ।

कृषि फर्ममा लागुऔषध गाँजाको कारोबार भइरहेको सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले फर्म सञ्चालक राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।