बिराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा लक्षित ठट्टा गरेका छन् । महामन्त्री थापाले सम्बोधनको अन्त्यमा सभापति कम बोल्ने भएकोले वहाँको पनि समय लिएर बोलेको बताएपछि देउवाले प्रतिउत्तर दिएका हुन् ।

कोशी प्रदेशको पहिलो सम्मेलन उद्घाटनको क्रममा बोल्दै देउवाले भने "बढी बोल्नेले आफूलाई सिध्याउँछ र कम बोल्नेले अरूलाई सिध्याउँछ ।"

महामन्त्री लक्षित ठट्टाले हलमा हाँसो फैलियो । पछिल्लो समय महामन्त्री थापा र सभापति देउवा बिच ठट्टा र सामीप्यता दुवै बढेको छ ।

कोशी प्रदेशको सम्मेलनमा नेता शेखर कोइरालाको अनुपस्थितीलाइ लिएर विभिन्न तर्कहरू भए । कोइराला निवासलाई सम्झिँदै सहमहामन्त्री भीष्मराज आङ्देम्बे भावुक बने ।

अन्य वक्ताले पनि कोइरालाको अनुपस्थितलाई अनौठो रूपमा लिएर टिप्पणी गरे ।