धरान : धरान उपमहानगरपालिका-१७ रेल्वेबाट अवैध लागूऔषध १ सय २३ किलो गाँजा सहित एक जना ट्याम्पो चालकलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धनबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको रातो ट्याम्पोलाई रोकेर जाँच गर्ने क्रममा ७ वटा बोरामा गाँजा फेला पारेको डिएसपी जबेगुले बताए । 'पक्राउ परेका चालकलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ', डिएसपी जगेबुले भने ।
यसअघि गत मङ्सिर १८ गते धरान प्रहरीले नक्कली सरकारी नम्बर प्लेट भएको २ वटा गाडीमा ६९० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको थियो ।