इटहरी : द योङ ब्रदर्स क्लबको आयोजनामा दोस्रो संस्करणको स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने भएको छ । माघ १९ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुन लागेको हो ।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले २ लाख ५० हजार र उपविजेताले १ लाख ३० हजार पाउने भएका छन् ।

८ टिम सहभागी खेललाई इटहरी उपमहानगरपालिकाले संयोजन गर्ने सुब्बाले बताए ।

प्रतियोगिताका संयोजक विकास केसीले खेलको विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गर्न लागिएको जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता खेलाडीलाई दश/दश हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिने उनले बताए । प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।