वराहक्षेत्र : आधा काम गरेर अलपत्र रूपमा छोडेको बाङ्गेबाट हर्दिया, कालाबञ्जर भलुवाचौरी हुँदै धरान जाने कालोपत्रे सडक योजनाको निर्माण कार्यले गति लिएको छ ।
स्थानीय जनप्रतिनिहरुको निरन्तरको पहलसँगै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्री माननीय भूपेन्द्र राईको सक्रियतामा उक्त वराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित रुग्ण (अलपत्र ) रहेको बाङ्गेबाट हर्दिया, कालाबञ्जर भलुवाचौरी हुँदै धरान जाने कालोपत्रे सडक योजनाको पुनः सुरु भएको हो ।

कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकाश मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकाशले आयोजना गरेको आयोजनाको स्थलगत अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत गएको मङ्सिर १० बाट सुरु आगामी वैशाख मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिने सहमति जुटेको थियो ।
सहमति अनुसार कालाबञ्जर-बाङ्गे क्षेत्रमा कालोपत्रे गर्ने काय सुरु नगर प्रमुख रमेश कार्कीले बताए । कालोपत्रे योजना अलपत्र भए पछि स्थानीयहरू निरन्तर स्थानीय जनप्रतिनिधिहरूलाई खबरदार गर्दै आएका थिए ।
नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा स्थानीय जनप्रतिनिधिहरू पनि सम्बन्धित निकायमा योजनालाई सम्पन्न गराउन पहल गर्दै आईरहरको र कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्री माननीय भूपेन्द्र राई आएपछि उहाँले यसलाई महत्वका साथ लिएर काम अगाडि बढाएको वराहक्षेत्र नगरपालिका वडा नं.५ का अध्यक्ष रोहित काफ्लेले बताए ।
अलपत्र बनेको सडक योजनालाई पुनः सुरु गर्न सफल भएको वडा अध्यक्ष काफ्लेको भनाई रहेको छ । उक्त सडक योजना अलपत्र भए पछि स्थानीय सरकार र जनप्रतिनिधिहरूको आग्रह र कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्रालयको योजनामा स्थलगत अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।
वराहक्षेत्र नगरपालिका वडा नं.५ को कार्यालयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री माननीय भूमिप्रसाद राजवंशी, मन्त्रालयका सचिव अशोककुमार साह, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, ५ का अध्यक्ष रोहित काफ्ले, निर्माण कम्पनी लुम्बिनी गजुर्मुखि कन्ट्रकशनका सञ्चालक, स्थानीय जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधि लगायत स्थानीय उपभोक्ता तथा सरोकारवाला व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।