झापा : झापाको दमकमा ३ जना बन्दकर्ता पक्राउ परेका छन् ।
मुकुम्लुङ बचाऔँ सङ्घर्ष समिति र केही राजनीतिक दल समर्थित आन्दोलनकारीले आज पूर्वमा यातायात बन्दको आह्वान गरेका छन् । बन्द गराउने क्रममा दमक चोकमा आज बिहान प्रहरी र प्रदर्शनकारीबिच कहिबेर घम्साघम्सी समेत चलेको थियो ।
सोही क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दमक १ का पदम बेघा, दमक २ का धनकुमार योङहाङ र दमक १ का सुक बहादुर लिम्बु रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरूलाई पक्राउ गरेपछि बन्दकर्ताहरू अहिले तितरबितर भएका छन् ।
damak-bandakarta