धरान : ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेको भन्दै पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ।

 माबोले सोमबार इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्नेहरु  विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

जाहेरी पश्चात् प्रहरीले मोसो दल्ने ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।

पक्राउ पुर्जी जारी भएका  ८ जनाहरूमा धरान-१५ का दिवस राई, धरान-१५ का अमर ईजम, जेन्टल लावती, शिवाहाङ राई, सुमन चेम्जोङ, सृजना बेघा, विष्णु थाम्देन लगायत रहेको स्रोतले जनाएको छ।

माबोलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान-२ स्थित एच के मेलोडी होटेलमा कालोमोसो दलेका थिए ।