धरान :  झुटो अफवाह फैलाएको कसुरमा सिर्जना बेघा पक्राउ परेकी छन् । र्सिजनालाई  इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधवार बिहान ६ बजे धरान-१३ स्थित अमरहाटबाट पक्राउ गरिएको पक्राउ गरेको हो ।

सिर्जना बेघाले सामाजिक सञ्जालमा अफवाह फैलाएर साम्प्रदायिक दङ्गा फैलाएको र भड्काएको धरानको शान्ति सद्भाव भड्काउने कार्यमा संलग्न रहेको अभियोगमा सिर्जना बेघालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।

सञ्चारकर्मी सञ्चिता धमलालाई उपचारका लागि बिपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गरी अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी थिइन ।

प्रवक्त्ता अधिकारीले भने सिर्जनाले गत साउन अन्तिम हप्ता सामाजिक सञ्जालमा धरान-११ स्थित मङ्गलबारेमा गोरु काटेर भोज गरेको भिडियो हालेर धरानको शान्ति सद्भाव भड्काउँदै कानुन विपरीतका क्रियाकलाप गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा पनि सिर्जना पक्राउ परेकी थिइन् । सिर्जनालाई आजै म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लैजाने तयारी गरिएको प्रवक्त्ता अधिकारीले बताए ।

सिर्जना माथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । सिर्जनाले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रशासन विरुद्ध झुटा आरोप लगाउने गरेको बताइएको छ ।