धरान : धरान रङ्गशालामा जारी बिजनेस एक्स्पोको भोली समापन भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गते सम्म चल्ने भएको छ ।

आज एक्स्पो परिसरमा आयोजित पत्रकार सम्मेलनमा जुत्ता चप्पल मेला फागुन २५ गते सम्म चल्ने आयोजकले जानकारी दिएको हो ।

मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।

उनले ग्राहकहरूलाई कम्पनीको उत्पादन लागत मूल्यमै जुत्ता चप्पल उपलब्ध गराउन मेला आयोजना गरिएको बताए ।

विशेष गरी नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूका लागी प्रयोग हुने जुत्ताहरू अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराएको बताए ।

मेलामा पाँचबाट नेपाली ब्राण्डमा हजार भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको मेला आयोजक समितिका संयोजक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।  उनले बजार मूल्य भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराएको बताए । 

मेलामा हिमाल सुज, फर्स्ट वाक सुज, विएफ डियरहिल सुज, स्मार्ट सुज, सु ल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू विक्रीमा राखिएका छन् । shoe-melahimal shoesfirst walksmart-soes-123

Dharan-Expo-Jutta-Chappal