धरान : नेपाल पुलिस स्कुल धरानका पूर्व विद्यार्थीहरूको आयोजनामा भोली शनिवार धरानमा प्रथम पुलिस स्कुल फुटसल प्रतियोगिता हुने भएको छ ।
पूर्व विद्यार्थी स्वर्गीय कविता चौधरीको स्मृतिमा स्कुलको २१ औ ब्याचको आयोजनामा हुने भएको हो ।

प्रतियोगिता संयोजक रोहन कलवारले बिहीबार पत्रकार सम्मेलनमा प्रतियोगिता धरान-१५ स्थित बिग फुट फुटसलमा हुने बताए ।
प्रतियोगितामा नेपाल पुलिस स्कुलबाट एसइई दिएका विद्यार्थीहरू मात्र सहभागी हुने बताइएको छ । स्कुलका २०७३ देखि २०८० सम्मका एसइई दिएका पूर्व विद्यार्थीहरूको ८ टिमको प्रतियोगितामा सहभागी रहने छन् ।
विजेतालाई नगद १८ हजार र उपविजेताले १२ हजारलाई पुरस्कार सहित ट्रफी,प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।