झापा : प्रहरीले झापाबाट १ हजार ६३६ किलो गाँजा राखिएको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका-४ खण्डमा सशस्त्र प्रहरीले दुई वटा ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका-४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका-२ का ३७ वर्षीय गङ्गाबहादुर बस्नेत पक्राउ परेको प्रहरीले बताएको छ ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा ५७ वटा बोरामा गाँजा भेटिएको थियो ।

उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले बताएको छ ।