इटहरी : इटहरीको गोरखा गल्लीमा रहेको हेल्लो मोबाइल सेन्टर आइफोनको आधिकारिक विक्रेता भएको छ । आइफोन एक्सचेन्ज र मर्मतले ख्याति कमाएको हेल्लो मोबाइलले आधिकारिक विक्रेताको मान्यता पाएको हो ।

नेपालको लागि आधिकारिक डिलर ‘जिनेक्स्ट’ले इटहरीमा हेल्लो मोबाइललाई विक्रेता बनाएको हो । जिनेक्स्टले सुरुवात देखि नै आइफोनको आधिकारिक रूपमा विक्री गरिरहेको छ । जसको मातहतमा नेपालका विभिन्न सहरमा आइफोनका आधिकारिक विक्रेताहरू सञ्चालित छन् ।

बलराम बस्नेत र किशोर बस्नेत दाजुभाइले सञ्चालन गरेको हेल्लो मोबाइल पूर्वी नेपालकै चर्चित मोबाइल स्टोर हो ।  आइफोन मर्मतबाट व्यवसायीक विकास गरेका बस्नेत दाजुभाइले इटहरीलाई केन्द्र बनाएर आइफोनको विक्री गरिरहेका छन् । आइफोन सँग कमाई मात्र नभएर इज्जत र प्रतिष्ठा जोडिएको बताउने बलरामले घरमा समेत आइफोनकै लोगो बनाएका छन् ।

आधिकारिक विक्रेता हुनु अगाडी पनि इटहरीमा सबैभन्दा धेरै आइफोन विक्री गर्ने विक्रेताको रूपमा चिनिएको छ हेल्लो मोबाइल । हेल्लोमा आइफोन बाहेक अन्य मोबाइलको एक्सचेन्ज अफरलाई समेत ध्यान दिइरहेका छन् ।

hello-mobile-2