झापा : अन्ततः दुर्गा प्रसाईँलाई काँकडभिट्टा नाकाबाटै नेपाल ल्याइएको छ । 

प्रसाईँलाई भर्खरै भद्रपुर विमानस्थल तर्फ लगिएको छ । आजै काठमाडौँ लगिने झापा प्रहरीले जनाएको छ ।

भद्रपुर विमानस्थल आसपास सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

यसअघि प्रसाईँलाई गलगलिया हुँदै भद्रपुर ल्याइने भनिएको थियो । तर प्रहरीले प्रसाईँलाई काँकडभिट्टा नाकाबाटै नेपाल ल्याएर सिधै भद्रपुर विमानस्थल तर्फ लगेको हो ।