धरान : तेस्रो पटक धरानमा आयोजना हुने गृहिणी महिलाहरूको फेसन शो ‘मिसेस् स्टेट सिजन-३’ को तेस्रो अडिसन शनिवार सम्पन्न भएको छ ।

डव्लुडव्लुजी वुमन्स वर्थ ग्रुपको आयोजनामा हुने फेशन शो को ग्राण्ड फिनाले ज्येष्ठ १७ गते हुँदैछ । यो साता भएको अडिसनमा ९ जनाले अडिसन दिए । दोस्रो अडिसनमा यसअघि ७ जना सहभागी थिए ।

पहिलो, दोस्रो र तेस्रो अडिसनमा धरान, इटहरी, धनकुटा, सङ्खुवासभा लगायत वाट सहभागी भएको ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिएकी छन् ।

उनका अनुसार अडिसन वाट छनौट भएका गृहिणीहरूका अभिभावकहरू सँग सोमवार प्यारेन्ट्स मिट कार्यक्रम रहेको छ । प्यारेन्ट्स मिटमा सहभागी र उनीहरूको अभिभावकहरूलाई मिसेस् स्टेट कार्यक्रमको विषयमा जानकारी गराइने छ ।`

तेस्रो अडिसन वुमन्स वर्थ ग्रुपका सचिव ज्योति राईको अध्यक्षतामा भएको छ । निर्णायकहरूमा झुनाज फिटनेसकी प्रोप्राइटर झुना राई, युएन कलेज होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र कोरियोग्रफर डिजे ललित राई थिए ।

औपचारिक कार्यक्रममा कोरियोग्राफर डिजे ललितले मिसेस् स्टेट सिजन थ्री बारे प्रकाश पारेका थिए । ११ बजे देखि दुई बजे सम्म चलेको तेस्रो अडिसनमा ९ जनाले अडिसन दिएका थिए ।

मिसेस् स्टेट सिजन-३ को ग्रान्ड फिनाले ज्येष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुनेछ । मिसेस् स्टेट २०२५ की विजेताले नगद ५१ हजार रुपया पुरस्कार, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

फस्ट रनर अपले नगद २५ हजार, क्राउन, ट्रफि र गिफ्ट हयाम्पर र सेकेन्ड रनर अफले जनही क्रमशः नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

प्रतियोगितामा टाइटल अवार्डमा मिसेस् ट्यालेन्ट, मिसेस् पर्सनालिटि, मिसेस् व्युटिफुल, मिसेस् फ्रेन्डशिप, मिसेस् वेस्ट वक, मिसेस् स्माइल, मिसेस् फोटोजेनिक, मिसेस् डिसिप्लिन, मिसेस् एक्टिभ र पिपल्स च्वइस अवार्ड प्रदान गरिने छ ।