धरानः विवाहित गृहिणी महिलाहरूको धरानमा तेस्रो पटक आयोजना हुन गइरहेको ‘मिसेस स्टेट सिजन–३’ को दोस्रो अडिसन शनिवार पुतली लाइनको चौथो रेष्टरेन्ट हलमा भएको छ ।

डल्लु डल्लु जी वुमन्स वर्थ ग्रुपको आयोजना हुने फेशन शो मा धरानका विवाहित महिलाहरूमा चासो बढेर सहभागिता संख्या बढेकाले तेस्रो अडिसनको पनि तयारी भइरहेको ग्रुपकी सचिव ज्योति राईले बताइन् ।

मिसेस स्टेट सिजन–३ को ग्रान्ड फिनाले जेठ १७ गते शनिवार धरान–१६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुने मिति तय भैसकेका छ । दोस्रो अडिसन ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठको सभापतित्वमा भएको थियो ।

अडिसनमा अडिसनमा निर्णायकहरू महिला सञ्जालकी पूर्व अध्यक्ष सविता चाम्लिङ राई, पूर्व मिस कोशी कृति श्रेष्ठ, कोरियोग्रफर डिजे ललित राई र मिसेस स्टेट–२ विजेता पुष्पा फोम्वो रहेकी थिइन् । सहभागीहरूलाई ग्रुपकी अध्यक्ष श्रेष्ठले मिसेस स्टेट सिजन–३ को बारेमा प्रकाश पारेकी थिइन् ।

मिसेस स्टेट–२ विजेता फोम्वोले सहभागीहरू माझ अनुभव बताइन् । ११ बजे सुरु भएको अडिसन २ बजे सम्म चलेको थियो । मिसेस स्टेट २०२५ सिजन–३ विजेताले नगद ५१ हजार, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

फस्ट रनर अपले नगद २५ हजार, क्राउन, ट्रफि र गिफ्ट हयाम्पर पाउने छ । सेकेन्ड रनर अफले जनही २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ, क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ ।