धरान : निजी क्षेत्रको पर्यटन प्रवर्द्धक एलिसन हस्पिटालिटी प्रालिले कोशी प्रदेशका लागि दर्जन भन्दा बढी परियोजना ‘पर्यटन प्रोजेक्ट सोकेस ’मा सार्वजनिक गरेको छ ।
विद्यार्थीहरूको समुहव्दारा प्रतियोगितात्मक रूपमा तयार गरिएका परियोजनाहरू काठमाण्डौमा हुने प्रदर्शनमा निर्णायकहरूको नतिजा अनुसार पुरस्कृत हुनेछन् ।
उक्त परियोजनाहरू कोशी प्रदेश पर्यटन वर्ष २०८२ मनाई रहेको प्रदेश सरकारद्वारा वैशाख २० गते आयोजित लगानी सम्मेलनको सोकेसमा थिएनन् । दर्जन मध्ये नमुनाको रूपमा एलिसनले आज शुक्रवार सुनसरी उद्योग वाणिज्य सङ्घमा ३ परियोजना प्रस्तुत गरेको छ ।
एलिसनकी अध्यक्ष एलिना मगरले परियोजनाहरू नेपालका इन्जिनियरिङ सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका १० वटा टिमले स्थलगत सर्भे समेत गरी तयार गरेको बताइन् । उनले भनिन् ‘परियोजना तयार गर्ने १० वटा टिम कुल २१ वटा टिमको प्रतिस्पर्धाबाट चयन गरिएको हो ।’
उक्त टिमले बनाएको लागत, डिजाइन सहित ध्वजेडाँडा-डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानी टार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु र मुन्धुम ट्रेलरका पर्यटन परियोजना कोशी प्रदेश पर्यटन प्रोजेक्ट सोकेसमा सार्वजनिक गरिएको हो ।
अध्यक्ष एलिनाका अनुसार आउँदो जेठ ९ देखि ११ गते सम्म काठमाण्डौंको रामायण होटेलमा ‘टुरिजम प्रोजेक्ट सोकेस प्रदर्शनी’ मा कोशी प्रदेशका सम्भावित पर्यटन प्रोजेक्टहरू प्रदर्शनीमा गरिने बत्ताइन् ।
त्यस मध्ये धरानमा शुक्रवार सार्वजनिक गरिएका ३ पर्यटन परियोजनामा ध्वजेडाँडा-डाँडाबजार,राजारानी, रौता पोखरीमा निर्माण÷विकाश गर्न प्रस्तावित परियोजनाहरू छन् ।
१५ लाख डलर देखी ३ करोड नेपाली रुपैयाँ सम्मका उक्त परियोजना स्थलहरू ऐतिहासिक, सांस्कृतिक महत्वको रहेकाले त्यसमा लगानी जुटे प्रदेशको पर्यटनमा नयाँ मोडेलेको सुरुआत गर्न सक्छ ।
उक्त परियोजनाहरू धेरै परियोजनाहरू मध्ये कोशी प्रदेश पर्यटन प्रोजेक्ट सोकेसका लागि चयन भएको एलिनाले बताइन् । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नव प्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन प्रोजेक्ट सोकेस–कोशी कार्यक्रमको आयोजना गरेको उनले भनाई छ ।
अध्यक्ष एलिनाका अनुसार नेपालका सात वटै प्रदेशको छुट्टा–छुट्टै प्रोजेक्ट बैङ्क तयार गरिने छ । परियोजना तयार गर्ने छनौट प्रक्रियामा एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, बियोण्ड द ब्रिज टिम खोपा इन्जिनियरिङ कलेज छनौट भएका हुन् ।
यस्तै कोशी एक्स्प्लोरर टिम पुलचोक क्याम्पस, पाथफाइण्डर टिम पुलचोक क्याम्पस, केटुपिए टिम पुलचोक क्याम्पस, विनर टिम पुलचोक क्याम्पस, स्केच स्क्वायर्ड पुलचोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, पुलचोक इयर फाइभ पुलचोक क्याम्पसबाट छनौट भएका छन् ।
छनौट भएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानी टार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू छनौटमा परेका थिए ।
तयार भएका मोडेलहरू काठमाण्डौंमा ३ दिन प्रदर्शनी गरिनेछ । यसै क्रममा एक्मी एक्स्प्लोरर, रुलर रिड्र्ज विल्डर्स र केटुपिएले धरानमा परियोजनाहरू प्रस्तुत गरेको हो । काठमाण्डौमा प्रदर्शन पछि प्रोजेक्टहरू कोशी प्रदेशमा सोकेसिङ गरिन उनले बताइन् ।
प्रतियोगिताको फाइनल राउन्डमा ७ जनाको विज्ञ निर्णायकको टोलीले विजेताहरू घोषणा गर्नेछन । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख, दोस्रो स्थान लिनेलाई नगद ५० हजार, तेस्रो स्थान हासिल गर्ने टोलीलाई नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, सहभागी सम्पूर्ण टिमले १० हजार रुपैयाँ र प्रमाणपत्र सँगै आकर्षक गिफ्ट पाउनेछन् ।