वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । "स्थानीय स्रोत उपयोग , स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता - हाम्रो प्रतिबद्धता " भन्ने नारा सहित नगरपालिकालागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी १६ महिनादेखि ५९ महिनासम्मका नगर भित्रका सबै बालबालिकाहरूले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै प्रकारका खोपहरू लगाई पूर्ण खोप पाएको सुनिश्चितता गरी वराहक्षेत्र नगरपालिकालागि पूर्ण खोप घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश प्रसाद मेहताले जानकारी दिए ।
वराहक्षेत्र नगरपालिका पालिका खोप समन्वय समिति वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि
जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक राजन मेहता रहेका थिए । नगर प्रमुख तथा नगर स्तरीय खोप समन्वय समितिमा संयोजक रमेश कार्कीको सभा अध्यक्षतामा आयोजना भएको कार्यक्रममा
सहभागी सरोकारवाला, स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरू , महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि , कर्मचारीहरूले पूर्ण खोप पालिका घोषणाको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार,प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथि रहनु भएको थियो । वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , वडा नं ८ का अध्यक्ष रोशन खड्का ,वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ , राजनैतिक दलका प्रतिनिधिहरू , नगर सदस्यहरू, कार्यपालिका सदस्यहरू,जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका कर्मचारी कनैया साह , स्वास्थ्य शाखाका प्रमुख डाक्टर धनराज यादव, चतरा अस्पतालका मेसु नवीन अधिकारी,स्वास्थ्य संस्थाहरूका प्रमुख तथा कर्मचारीहरू,महिला स्वास्थ्य स्वयंसेविका आतिथ्यता रहेको थियो ।
नगरपालिकाका ११ वडामा रहेका वडा स्तरीय खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको थियो । वराहक्षेत्र नगरपालिकाले ३१ वटा खोप केन्द्र संस्थापना गरी सेवा सञ्चालन गरी रहेको छ।