धरान : धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले सरकारी बजेट प्रयोग गरी निर्माण भएका योजनाहरू श्रमदान भित्र नपर्ने सामाजिक अभियन्ता महेश श्रेष्ठले बताएका छन् । उनले भने ‘नगरप्रमुखले जनतालाई श्रमदान गरे ।’ तर श्रमदान भनेर भ्रम सिर्जना गरिरहेको उनको भनाई छ ।
सञ्चारकर्मीहरूसँग श्रेष्ठले श्रमदानबाट बनेका कार्यहरूमा उपभोक्ता समिति मार्फत नबन्ने बताउँदै नगरप्रमुख साम्पाङले गरेका सम्पूर्ण योजनाका काममा उपभोक्ता समिति गठन गरेर उपभोक्ता समिति मार्फत रकम भुक्तानी लिएको बताए ।
उनका अनुसार उदाहरणको रूपमा धरान-१६ मा निर्माण भएको ग्याविन, धरान-१० मा निमार्ण भएको नारायण पथ ड्रेन, बेसार उद्योग, पार्कहरू,साँगुरी भन्ज्याङ पदमार्ग जस्ता धेरै योजनाहरूमा सरकारी बजेट प्रयोग भएका छन् । तर नगरप्रमुखले जनतामा भ्रम फैलाएर श्रमदान उपनाम दिएका छन् । तर त्यो श्रमदान होइन । श्रमदान निसर्त श्रममा मात्र आधारित हुन्छ । सरकारी बजेट समावेश हुँदैन ।
श्रेष्ठले भने ‘नगरप्रमुखले श्रमदान भनेका सबै योजनाका नाममा बिल पेश गर्दै रकम भुक्तानी लिए ।’
नगरप्रमुखले चन्दा सहयोग, डोजहाजीर गरी एक जनाले सयौँ जनाको नाममा हस्ताक्षर गरी श्रमदान गरेको भन्ने तर सरकारी रकम भुक्तानी लिने समेत गरेका छन् ।
उनले प्रश्न गरे ‘श्रमदान गरेर नगर प्रमुखले श्रमदान भन्न मिल्दैन, कुन नैतिकताले श्रमदान भन्न मिल्छ ?’ नगरप्रमुखमा नैतिकता हुनपर्दैन ? उनले कुनै पनि योजना परियोजनाको समेत लेखा परीक्षण गरेनन् । उनले कहिले अडिट गरेर सार्वजनिक सुनवाइ समेत गरेनन् ।
उनले मृत शहरका परिणत हुँदै गएको धरानलाई नगरप्रमुख ध्यान बहादुर राई, मनोज मेन्याङवोले नमुना शहर बनाएको बताए । जनसहभागितामै मेन्याङवोले धरानमा सडकहरू निर्माण गरेका थिए । त्यति बेलैदेखी नगरपालिकाको ६० जनताको ४० प्रतिशत जनसहभागिता शुरु भएको थियो भएको थियो ।
पहिला नै धरानमा बर्खाको पानी सर्दु खर्दुकै प्रशस्त हुन्थ्यो । अहिले बर्खामा समेत पानी लेदो र धमिलो मात्र आउँछ । उनले गरेको खोलाको पानी र खोलाको पार्क कुन बेला कति खेर बगाउने हो थाहा छैन । कति बेला के हुने हो जहिले चिन्ता मान्नु पर्ने अवस्था रहेको श्रेष्ठले बताए । कहिले बेसार उद्योग, कहिले साबुन उद्योग कहिले पार्क, कहिले बहुभाषिक पाठशाला बगाउन आट्यो भन्यो संरक्षणका लागि उर्दी गर्यो श्रम अभियान भन्दै ढुङ्गा, तार, जाली बोक्ने बाहेक केही काम छैन । हराभरा शहर त पहिलेको नेतृत्वले बनाएको हो, अहिले केही भएको छैन ।
श्रेष्ठका अनुसार धरान बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक समुदाय मिलेर बसेर नमुना शहर भएको बताउँदै धरान वामपन्थीले काँग्रेस र काँग्रेसले वामपन्थीलाई समेत भोट दिएर निर्माण भएको हो । जनप्रतिनिधि विहीन भएको अवस्थामा समेत थुप्रै नमुनाका काम भएका थिए । तर अहिले अराजक शहर निर्माण हुदैछ । अहिले र पहिलेको नेतृत्वको गतिविधि नै फरक छन् ।
पहिला समिति बनाएर बजेट एकत्रित गराउने चलन थियो । पेशागत हकहितमा काम हुन्थ्यो । अहिले त सीमित व्यक्ति विशेष र समर्थकहरू भन्दा बाहेकका व्यक्तिहरूलाई अपहेलना गरिएको छ । उनले भने ‘धरान बाहिरका मानिसले देखेको जस्तो धरान छैन, धरान हेर्न धरान बस्नै पर्छ ।’
नेतृत्व र अनुयायी समेत अनुत्पादक :
धरान स्वास्थ्य, शिक्षा र पर्यटनको हब भनेर चिनिन्थ्यो तर अहिले औपचारिक पत्र लेख्दा समेत छुद्र भाषा प्रयोग हुन थालेको उनले बताए । नेतृत्व नै अनुत्पादक भएपछि अनुयायी उत्पादक नहुने बताउँदै श्रेष्ठले उनका अनुयायीहरू गुरु अनुसारका चेला भएका कारण कसैको आलोचनात्मक टिप्पणीलाई सामाजिक सञ्जालमा आमाचकारी गाली गर्दै सामाजिक सदभाव समेत भड्काउने काम गरेको बताए । नगरप्रमुख धार्मिक सहिष्णुता, सहकार्य, सद्भावको विषयमा चुकीरहेका छन् मिलेर बसेको समाज भड्काई रहेका छन् । समाजमा द्वन्द्व सिर्जना गरिरहेका छन् ।
उनका समर्थकबाट पत्रकारले कति गाली खाए कति यकिनै गर्न सकिँदैन । तर अहिले साइबर क्राईम कानुन कडा भएका कारण समर्थकहरूलाई कानुनको दायरामा ल्याउन जरुरी भएको उनको भनाई छ ।
कोकाहा भाग १ र भाग २ मा झण्डै ३० करोड खर्च भयो तर पानी ७ देखि ८ लाख लिटरमा सिमित
श्रेष्ठले भने ‘कोकाहा भाग १ र भाग २ मा झन्डै ३० करोड खर्च भयो तर पानी ७ देखि ८ लाख लिटरमा सीमित देखिएको छ ।’ अरू खर्च कति भयो हिसाब छैन । कोकाह भाग १ मा १४ करोड खर्च भयो तर पानी ६ देखि ७ लाख, र कोकाह भाग २ मा १० देखि करोड खर्च गरी १ लाख लिटर पानी मात्र आएको छ । उनले भने ‘कस्मेटिक अनुहार जस्तै मात्र छ मेयर सावको अभियान ।’
देश विदेशका नेपालीले गरेको सहयोग सत्यनाश भएको बताउँदै श्रेष्ठले भने ‘डिपबोरिङमा १ करोड खर्च गरेको ठाउँबाट २० लाख पानी उत्पादन हुन्छ, मेयर सावले २० करोड खर्च गरेर ८ लाख पानी ल्याए डिपबोरिङमै २० करोड खर्च गरेको ४ करोड पानी आउँथ्यो र धरानमा छेलोखेलो हुन्थ्यो ।’