धरान : सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी कप फुटबल’को पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिसले माउन्ट हर्मन स्कुललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।दोस्रो खेलमा ज्वालामुखी स्कुलले हिम शिखर स्कुललाई २–० को अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ ।

शुक्रबार एन्फामा जारी पहिलो खेलको नेपाल पुलिस स्कुलका समीर राईले खेलको पहिलो हाफको १० मिनेट,दोस्रो हाफको २० मिनेट र २३ मिनेटमा गरी जम्मा ३ गोल गरे,उज्ज्वल थापाले पहिलो हाफको १९ मिनेटमा,दोस्रो हाफको १२ मिनेटमा गरी जम्मा २ गोल गरे । साथै विकास मगरले दोस्रो हाफको १७ औँ मिनेटमा १ गोल गरे ।

दोस्रो खेलमा श्री ज्वालामुखी स्कुलका सन्देश राईले पहिलो हाफको २६ औँ मिनेटमा १ गोल र पर्वत विकले खेलको २७ औ मिनेटमा १ गोल गरेका थिए भने हिमशिखर स्कुलबाट कुनै गोल हुन सकेन ।

खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुलका समीर राई र ज्वालामुखीका हार्दिक राई घोषित भए। उनीहरूले नगद १(१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आईतबार हुने पहिलो सेमिफाइनल खेल सुनाखरी रेड बिच हुने भएको छ ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् ।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५र५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

anfa-11111