इटहरी : बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् ।
विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ फस्ट रनरअप कक्षा १२ कै सिम्रन नेपाली र सेकेन्ड रनरअप कक्षा ९ का विनायक ढकाल भए । सिम्रनले ट्रफिसहित तीन हजार नगद र विनायकले ट्रफिसहित दुई हजार प्राप्त गरे ।
यस्तै, गायनतर्फ पनि पाँच जनालाई पछि पार्दै कक्षा ६ का अध्ययनरत कृजलले उपाधि जितेका हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । यस्तै, गायनतर्फ कक्षा ९ की वेजिना दाहाल फस्ट रनरअप भइन भने सेकेन्ड रनरअप कक्षा ११ की सुजाता तामाङ् भइन् । वेजिनाले ट्रफिसहित नगद तीन हजार र सुजाताले ट्रफिसहित नगद दुई हजार प्राप्त गरिन् ।
यस्तै, साहित्यतर्फ छ जनालाई पछि पार्दै कक्षा १० की शिक्षाले उपाधि जितेकी हुन । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै, कक्षा ११ की करुणा खड्का सेकेन्ड रनरअप र कक्षा १२ की इसिका गेलाल सेकेन्ड रनरअप भइन् । करुणले ट्रफिसहित नगद तीन हजार र इसिकाले ट्रफिसहित नगद दुई हजार प्राप्त गरेको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताए । उपाधि विजेता छात्राछात्रलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरनकुमार बस्नेतले नगद तथा ट्रफि प्रदान गरे । सो क्रममा दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
इटहरी उपमहानगरपालिका प्रमुश प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष रतनकुमार कार्की, इटहरी वडा नं. १ का वडासदस्यहरु ज्ञानेन्द्र गौतम, हरिहर चौधरी, विष्णुमाया नेपालीसहित आमा समूह, विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकलगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार इटहरी क्षेत्रका सामूदायिक विद्यालयमध्ये पहिलो पटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको हो । यसैबीच, विद्यालयको ७० औं वार्षिकोत्सव शनिबार हुनेछ

































































