वराहक्षेत्र : राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) वराहक्षेत्र नगर समितिको अध्यक्षमा इन्द्र बहादुर भुजेल चयन भएका छन् ।
सोमवार सम्पन्न राप्रपा वराहक्षेत्र नगर समितिको पाँचौँ अधिवेशनबाट इन्द्र बहादुर भुजेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।अधिवेशन वराहक्षेत्र नगरपालिका ६ स्थित लक्ष्मीनारायण मन्दिरमा सम्पन्न भयो थियो ।
राप्रपा कोशी प्रदेसका प्रवक्ता विजय कुमार राउतका अनुसार सदस्यहरूमा ओम पौडेल,अमरलाल धामी , लक्ष्मी रेग्मी ,अर्जुन भट्टराई, राम ठकुरी ,इनु अधिकारी , विजयकुमार राउत ,टेकबहादुर घिमिरे ,दीपक कार्की,देवी गिरि,टङ्क कार्की , लक्ष्मी कार्की,देबका केसी,राजकुमार साह,सुरेश रसाइली ,कालिदास रेग्मी,दामोदर भट्टराई,देवराज भट्टराई,गीता श्रेष्ठ सिर्जना लामिछाने चयन भएका छन् ।
राप्रपाको विधान अनुसार अधिवेशनको क्रममा केन्द्रीय ,तह प्रदेश तह र जिल्लाका तहका नेताहरू समेत सम्बन्धित स्थानीय तहको कमिटीको सदस्य हुँदै माथिल्लो कमिटीमा जानुपर्ने हुँदा केन्द्रीय सदस्य र प्रदेश प्रवक्ता ,जिल्ला कोषाध्यक्ष क्षेत्रीय अध्यक्ष पनि नगर कमिटीको सदस्य चुनिएको उनले बताए ।
राप्रपाका केन्द्रीय निर्देशन समितिको सदस्य तथा पूर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यता तथा केन्द्रीय प्रवक्ता गोपाल दाहाल , केन्द्रीय सदस्य हजबुल मिया, केन्द्रीय सदस्य इनु अधिकारी रबी रिजालको विशिष्ट आतिथ्यता क्षेत्रीय अध्यक्ष टेकबहादुर घिमिरे , प्रदेश प्रवक्ता विजयकुमार राउत , निर्वाचन समितिका जिल्ला अध्यक्ष लक्ष्मण निरौला सदस्य सालिकराम कोइराला लगायत नेताहरूको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।


































































