धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ।
 दुर्घटनामा परी मृत्यु भएका ५ जना बसमा सवार थिए वा बाहिरका व्यक्ति थिए भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी राईले बताए।
bus-1