इटहरी : नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर २ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।

फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कोइरालाले टिकट पाएका हुन् । २०७४ मा कोसी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २(ख) मा पराजित बने ।

काँग्रेस निवर्तमान केन्द्रीय सदस्य समेत रहेका उनी सुनसरीका लोकप्रिय नेताको रूपमा चिनिन्छन् । सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीले टिकट पाउने सम्भावना छ । १ र ३ को हकमा नयाँ उम्मेदवार छनौट गर्ने तयारी भइरहेको छ ।

सुनसरी २ मा नेकपा एमालेले जगदीश कुसियत र रास्वपाले लालविक्रम थापालाई उम्मेदवार बनाएको छ ।