इटहरी : नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ४ उम्मेदवार बनेका अबुल हुसेन अन्सारीको टिकट खोसिएको छ । नेपाली काँग्रेस बाट एमाले प्रवेश गरेका हुसेनको नाममा विरोध भएपछि जगदीश कुसियतलाई टिकट प्रदान गरिएको हो । 
सुनसरी ४ मा नेपाली काँग्रेसले ज्ञानेन्द्र बहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । काँग्रेस र एमालेकै मुख्य प्रतिस्पर्धा हुने सो क्षेत्रमा कुशियत र कार्की बिच भिडन्त हुन लागेको छ । 
यसअघि सुनसरी २ बाट चुनाव लड्न लागेका कुसियतलाई ४ मा पठाएर २ मा सुजन लामालाई टिकट दिएको छ । युवा सङ्घ कोशी प्रदेश संयोजक लामा इटहरीका नेता हुन् । कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीलाई टिकट दिइएको भएपनि अन्तिममा लामालाई टिकट दिइएको हो ।