धरान : निर्वाचन आयोगले सुनसरीले प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र १ अन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूलाई चुनाव चिन्ह वितरण गरेको छ।

प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले शुक्रवार सूचना प्रकाशित गर्दै अन्तिम नामावलीमा परेका उम्मेदवारहरूलाई मतदान प्रयोजनका लागि निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको हो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम चिन्ह वितरण गरिएको प्रमुख निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।

दलगत उम्मेदवार र चुनाव चिन्ह तर्फ नेपाली काँग्रेसका सुजेन्द्र तामाङले रुख ,नेकपा एमालेका टिकाराम लिम्बुले सूर्य, नेपाली कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराईले पाँचकुने तारा, राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङले घण्टी पाएकी छन् ।

यस्तै जनता समाजवादी पार्टी नगेन्द्र बहादुर लिम्बु चकियाले जाँतो, राष्ट्रिय प्रजातन्त्र पार्टी उद्धव श्रेष्ठले हलो, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले मादल, नेपाल जनमुक्ति पार्टीका याम बहादुर लिम्बुले घर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दिल बहादुर बास्तोला गोलो घेराभित्र दुई पात भएको गुलाफ, मितेरी पार्टीका रक्ष कुमार राईको घोडा, श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले अञ्जुलीमा रहेको माटो, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बुले ढाल सहितको खुकुरी, उज्यालो पार्टीका डम्बर लावतीले बलिरहेको बिजुलीको चिम, जनता समाजवादी पाटीका सुञ्जय राईले ढल्केको छाता, आम जनता पार्टीका राम बहादुर विष्टले मोबाइल, मङ्गोल नेशनल पार्टीका राजेन्द्र गुरुङले कुखुराको भाले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राज कुमार लिम्बुले दाप सहितको खुकुरी, नेपाली श्रम संस्कृति पार्टीका राज कुमार राईले मान्छेले काँधमा बोकिरहेको ढुङ्गा, राष्ट्रिय साझा पार्टीका भुपी राईले ढाका टोपी, संयुक्त नागरिक पार्टीका नरेश विकले गितार चिन्ह चिन्ह पाएका छन् । 

स्वतन्त्र उम्मेदवारहरू तर्फ ओम कृष्ण उदासले कैँची, चेत बहादुर राईले कप प्लेट, जिवनकला राईले त्रिभुज, देउमान राईले मुढा, शेष प्रसाद रेग्मीले सिरिन्ज, सुमित राईले आँप, सुवास विश्वकर्माले झोला चुनाव चिन्ह पाएका प्रमुख निर्वाचन अधिकृत घिमिरेले बताए ।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चुनाव चिन्ह वितरणसँगै सुनसरी १ मा चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

उम्मेदवारहरूले अब निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार प्रसार गर्न पाउने प्रमुख निर्वाचन अधिकृत घिमिरे बताएका छन्।

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।