धरान : धरान–१६ की दिपा परियार ब्राउन सुगर बोकेर ट्याम्पोमा गइरहेको ५ जनाको समूह सहित पक्राउ परेकी छन् । 
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बुधवार झापाको इलाका प्रहरी कार्यालय गौरीगंज–२ मा प्रहरीले मे १ ह ५६६७ नम्बरको टेम्पुलाई चेकजाँच गर्दा ६ ग्राम ९ मिली ग्राम ब्राउन सुगर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक शिवसताक्षी–२ का दिल कुमार विश्वकर्मा, ट्याम्पोमा सवार गौरा दह–८ का अमन ताज पुरिया, धरान–१६ का दिपा परियार र बेलबारी–९ की पार्वती चौधरी छन् । 
यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर (चक्रघट्टी)को प्रहरी टोलीले वराहक्षेत्र–५ कालाबन्जार चोक बाट वराहक्षेत्र–६ का सुमित सञ्जय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुल २ बोतल सहित पक्राउ गरेको छ ।