इटहरी : इटहरी २० का एक युवाको आफ्नै छिमेकी साथीहरूले हत्या गरेका छन् । विगत लामो समय युके बस्दै आएका राजन राई केही दिन देखी इटहरी २० तरहरा स्थित आफ्नै घरमा थिए ।

युके फर्कन लागेका उनी लकडाउनको कारण रोकिएका थिए ।

राई स्थानीय युवाहरू सँग होटेलमा बसेर खाजा खाँदा विवाद उत्पन्न भएपछि उनी घर तर्फ लागेका थिए । त्यसपछि उनी प्रज्वल तामाङ, अभिषेक केसी र अभिषेक पौडेल लगायतको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार पछि उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख धर्मराज भण्डारीले बताए ।

उनका अनुसार उनीहरू पहिला देखी नै सँगै खाने बस्ने गरेको थिए । के विषयमा कसरी विवाद भयो भन्ने बारे अनुसन्धान भइरहेको भण्डारीको भनाई छ ।