इटहरी उपमहानगरमा कार्यरत इन्जिनियरमा कोरोना पुष्टि, आकस्मिक बैठक बस्दै

  • श्रावण १५, २०७७
  • १२८८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीन दिन अघि १० कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा १ जनामा कोरोना सङ्क्रमण देखिएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । हिजो साँझ उनमा कोरोना पोजेटिभ पुष्टि भएको रिपोर्ट आएका उनीको घर नक्सा तथा योजनामा सक्रिय रहेका कोरोना सङ्क्रमित इन्जिनियर हिजो मेयरको कार्यकक्षमा सम्पन्न बैठकमा समेत सहभागी भएका थिए ।

अहिले इटहरी उपमहानगरपालिकाको आकस्मिक बैठक बस्दै गरेको उपमेयर गौतमले बताइन।

उपमेयर गौतमका अनुसार इटहरी नगर क्षेत्रमा उत्पन्न पछिल्लो समस्यालाई कसरी निराकरण गर्ने भन्ने बारे जिल्लाका प्रतिनिधि राखेर बैठक बस्न लागिएको हो । इटहरी चारै तिरको सेन्टर भएकोले इटहरी पछिल्लो समय कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै अव इटहरीमा के गर्ने भन्ने बारेमा निर्णय यो बैठकले गर्ने पनि उपमेयर गौतमले जनाइन् ।

केही दिन अघि मात्र इलाका प्रहरी कार्यालयका एक थुनुवामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस पछि पहिलो पटक इटहरी उपमहानगरपालिकाका योजना शाखाका एक इन्जिनियरमा कोरोना देखिएको हो । कोरोना सङ्क्रमित इन्जिनियर अहिले सम्म होम क्वारेनटाइनमै रहेको र आइसोलेसनमा पठाउने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved