प्रदेश १ मा आज १ सय ६६ कोरोना सङ्क्रमित थपिए, डिस्चार्ज हुनेको सङ्ख्या २,५९१ पुग्यो

  • आश्विन ६, २०७७
  • ३२२ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा आज १ सय ६६ कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, सङ्खुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सङ्खुवासभाको खाँदवारिमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य सङ्घ आइसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ५९१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved