एपी शेर्पाले ल्याए दशैं गीत

  • कार्तिक ७, २०७७
  • १६७ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड-१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् ।

गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् ।

"बर्षदिनमा आउने चाँड
खुशीले छायो सारा गाउँ शहर
दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली
खुशीले रमाउ आऊ झुमौं
नाचौं गाऔं गरौँ रमाइलो
दशैं आयो
खुशीको बहार आयो
गाउँ शहरमा उमंग छायो "

आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियो सहित गीत रिलिज गर्ने वातावरण तयार होश भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन् । 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved