धरान : झापाको गौरादहमा आफ्नै श्रीमतीको हत्या गर्ने ६४ वर्षीय भीम भण्डारीलाई जेल चलान गरिएको छ।

झापा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो। भण्डारीलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो।

भण्डारीको आफ्नै घरमा मनमायाको शव हात बाँधिएको र टाउकोबाट रगत बगेको अवस्थामा फेला परेको थियो । धरानबाट तालिम प्राप्त लैला नामक (ट्याकर) डगले प्रहरीलाई प्रारम्भिक अनुसन्धानका अपराधीको पहिचान गर्ने भरपुर सहयोग गरेको थियो ।

थापाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बयान दिएका थिए।

Jhapa hatya -Guarahadaha