धरान : झापाको बिर्तामोड नगपालिका-२ चैतुबारीमा होम प्रसाद घिमिरेको सञ्चालन गरेको प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ ।

आगलागी बिर्तामोडका ३ वटा दमकल तथा सुरक्षाकर्मी र स्थानियबासीहरुको सहयोगमा निभाउने कार्य भइरहेको थापाले बताए । उनले भने 'आगो अझ पूर्ण नियन्त्रणमा आएको छैन।'

आज (शुक्रवार) बिहान ०७ः१५ बजे नमस्ते प्लाई फ्याक्ट्रीमा विद्युत् सर्ट भई फन्टि फेन नामक काठको कच्चा पदार्थ र सिलिङ चेम्बरमा आगलागी भएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घट्नास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनी, १ नं. प्रदेश बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिरहेको छ ।

आगलागी भइरहेकोले क्षतीको बिवरण आउन बाँकी रहेको छ ।

Jhapa Play aaglagi