धरान : गत आइतबार भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका तीन वटा गाडीबाट बरामद गरेको १३ सय काटुन् चाइनिज स्याउ तस्करी गराउनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वरबाबु कार्कीको संलग्नता भएको बुझिएको छ । 

प्रदेश प्रहरीसँग स्याउको सेटिङ  गराएको अडियो बाहिरिए पछि डिआइजीको संलग्नता रहेको बुझिएको हो । डिआइजी कार्कीले मोरङ वा सुनसरी नाकाबाट तस्करी भएको बताएका थिए भने दुवै नाकबाट तस्करी भएको प्रमाण नभेटे पछि सो तस्करीको आरोप डिआइजी तिरै फर्किएको हो ।  

नेपाली नम्बरका गाडीबाट चाइनिज स्याउ आएको भन्दै भारतीय प्रहरीले जानकारी गराएर पछि चर्चा पाएको यस तस्करीमा डिआइजीले सुनसरीको सीमामा  सादा पोसाकमा  खटाएका  आरआइटी  टोलीले  सो तस्करीमा भरपुर साथ दिएको स्रोतले  जनाएको छ ।

डिआइजीले खटाएका  आरआइटी टोलीले  चौकी जाने त्यहाँका ठुला व्यापारीलाई भेट्ने कार्य गरेको बताउँदै स्थानीय व्यापारीले भने मङ्सिर देखि यस नाकामा तस्करी बढेका बताएका छन् । आरआइटी  टोलीमा किरण मोक्तान  नामले चिनिने लगायतको टोलीलाई डिआइजीले  खटाउने गर्थे । 

आरआइटी  टोलीले सुनसरी प्रहरीले कुनै सहयोग नगरेको सुनसरी प्रहरीको दाबी छ । डिआइजीले सुनसरीका एसपी कमल थापाका नजिकका मान्छेलाई प्रदेशमा तानेर आफ्ना मान्छेलाई गस्तीमा खटाएका थिए । 

विना कारण निर्दोष ३ प्रहरी निलम्बन 
स्याउ तस्करीमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रमाण बिना निर्दोष सई गङ्गा थापा, असई आशनारयण माझी र असई टेकबहादुर कार्कीलाई निलम्बन  गरेको छ । 

सई गङ्गाले रुँदै भने ‘मैले नाकामा कार्य गरेको १० दिन हुँदैथ्यो, त्यहाँका कर्मचारी व्यापारी कोही चिनेको थिइन । मलाई एक्कासि निलम्बनको पत्र आयो किन ? निलम्बन गरियो भन्ने कारण भनिएन ।

कोठाबाट  थुनेर खाना पनि बिहान बेलुका मात्र दिएको बयान दिँदा पनि जवानको निगरानीमा पठाएर अमानवीय कार्य भयो । किस्ता तिर्ने बेला आइसको सोझा सिधालाई विभागको नियम भन्दै निलम्बन गरी फसाउने कार्य भयो ठुलालाई जोगाइयो ।’

तस्करमा संलग्न डिआइजीको अनुसन्धान एसएसपीले गर्ने हैन : खरेल 
भूतपूर्व डिआइजी रमेश खरेलले सुनसरीको स्याउ तस्करीमा डिआइजीको संलग्नताको शङ्का भएमा आफू भन्दा तल्लो तहको कर्मचारीको  एसपीको संयोजकमा  गरिएको अनुसन्धान प्रभावकारी नभएको बताउँछन् । 

सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्य छानबिन समिति बनाई ७ दिन भित्र यो प्रकरणको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

सई र असईले कुनै पनि हालतमा यस्ता ठुला तस्करी गर्न नसक्ने सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूको समेत संलग्नता रहेको, स्याउ काण्डमा व्यक्तिगत सम्बन्धका आधारमा प्रहरीलाई निलम्बन गरिएको , डिआइजीले सरुवा हुने बेला भएर काम देखाउन खोजेको लगायतका आलोचना भएका छन् ।   

अनुसन्धानका एसपीको बनावटी जवाफ 
एसएसपी  चौधरी भन्छन् -'अनुसन्धानमा बयान देखि कुनै रिजल्ट नै छैन ।'  केही प्रहरीको बयान लिएका छौ तर, प्रमाण भने भेटिएको छैन । 

प्रहरीले के आधारमा  प्रहरीहरूलाई निलम्बन गर्‍यो ? आज सम्म कति जनाको  बयान लिने काम भयो ? बयान कस्तो आयो ? भनेर जिज्ञासा राख्दा उनले अनुसन्धान हुँदैछ मात्र भन्ने गरेका छन् ।

एक हप्ताका अल्टिमेटम लिएर पुनः यो टिमले म्याद थप गरेर समय लिएर विस्तारै यो काण्ड सेलाउँछ भनेर  काण्ड सेलाउन खोजेको  स्रोतको गुनासो छ ।  

सिल नाकाबाट कसरी छिरे तीन तीन वटा ट्रक ? 
नेपाल र भारतका सीमा नाका बन्द हुँदा १ हजार ३ सय ५० कार्टुन स्याउ बोकेर तीन–तीन वटा नेपाली नम्बर प्लेटका ट्रक भारतीय भूमिमा कुन नाकाबाट छिराइयो  र कसरी स्याउ लगियो भन्ने बारे सुनसरी, मोरङका साथै सशस्त्र प्रहरीले समेत अनभिज्ञता प्रकट गरिरहेको छ ।

के सीमा क्षेत्रमा तैनाथ जुनियरको  मिलेमतोमा यत्रो ठुलो तस्करी गराउन सम्भव छ ? कोसी गाउँपालिका–७ स्थित हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट वीरपुरसम्म तीन वटा ट्रकमा चाइनिज स्याउ पुर्‍याएको  हो । ३ वटा गाडी चेक नगरी त पक्कै गएनन् होला ? 

'सशस्त्र प्रहरी बलमाथि  डिआइजीले शङ्का नगर्नु,नाकाका सादा पोसाकमा आफ्ना मान्छे खटाउनु, अन्य कर्मचारीलाई दुख दिएर राख्नु, मोरङको अरुण नामका  व्यक्तिले डिआइजीको मान्छे भनेर व्यापारीहरु सँग नियमित पैसा उठाउन सहयोग गर्नु, डिआइजीले मोरङमा फर्म हाउस व्यापार गरेको भन्दै करोड खर्च र गर्नु जिल्लाका एसपीहरूलाई अलिअलि गडबड गरौँ ठाउँमा बस्दा भन्दै पैसा माग्नु,अफिसमा नबस्ने धेरै डुल्ने र फोन नउठाउने  गर्दा काम गर्न असहज भएको जिल्लाका प्रहरी नै गुनासो गर्छन् ।' 

के भन्छन् डिआइजी कार्की ?
मोरङमा फर्म हाउस बनाएर व्यापार गरेको  स्वीकार गदै  डिआइजीले भने ३ जनलाई उनीहरूले प्रमाण नष्ट गर्छन् भनेर निलम्बन गरिएको हो ।

अनुसन्धान पछि फुकुवा पनि हुन सक्छन् ।  मैले जिल्लाका एसपीहरू सँग पैसा नि मागेको  छैन । म सँग नाम जोडिएका व्यापारीहरूलाई म चिन्दिन । यदि मैले स्याउ तस्करी गराएको  प्रमाण भएमा कारबाहीको भागीदार हुन्छु  र  नाकाका प्रहरीले तस्कर गराएका जानकारी दिनुहोस् कारबाही गर्छु ।

सीमानाका  व्यापारीले दिएको जनकारी अनुसार निलम्बन भएका सबै  प्रहरी निर्दाेष हुन् । प्रहरी प्रशासन सँग कुरा मिलाउँछु भन्ने  दुर्गा यादव भन्ने ७ लाख लिएर बेपत्ता छन् ।  यो स्याउ २ नं प्रदेशको सेटिङमा भारत  लगिएको हो ।