प्रचण्डकी नातिनि स्मिता दाहालको स्वर रहेको हिन्दी गीत 'इबादत' रिलिज

  • भदौ १८, २०७८
  • १७७६ पटक पढिएको
  • कपुरी न्युज
alt

नेपाली सङ्गीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रूपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको 'पप चार्टबस्टर्स' नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

स्मिता दाहाल नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनि हुन ।

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको सङ्गीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैँ फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरूको एक अर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । भिडियोमा यो जोडीको केमेस्ट्री निकै सुहाएको देखिन्छ ।

भिडियोलाई राजीव एस.रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । उनले ‘इबादत’ गीतको भिडियोलाई निकै आकर्षक बनाएका छन् । करिब ४ मिनेटको भिडियोमा पेकिङ उच्च देखिन्छ । गीतको भिडियोलाई पुनम यादवले निर्माण गरेकी हुन् । उनी नेपाली हुन् ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताइन् । गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनी अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा छिन् ।

नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनी चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहेकी छन् ।

नेपाली सङ्गीत क्षेत्र र चलचित्र क्षेत्रमा मधेशी समुदायको उपस्थिति उत्साहजनक छैन । झन् महिलाको सहभागिता त शुन्य झैँ छ । निर्मात्री पुनम यादवले मधेशी समुदायका महिलाहरुलाई उर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको बताएकी छन् । उनी भन्छिन्, ‘मधेशी समुदायका महिला अझै पछि परेका छन् । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सकेका छैनन् । अब उनीहरु पनि अगाडि आउनु पर्छ भनेर हौसला दिनका लागि पनि मैले गीत निर्माण गरेको हुँ ।’

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved