रामधुनी : थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । थारु समुदाय चाडपर्व र रीतिरिवाजमा पूर्ण छन् । थारुको गीत र सङ्गीतलाई गहनाको रूपमा पहिचान दिएको छ । केही वर्ष अघि पौराणिक चाचैर विरहैन लगायत पाराति गीतहरू मुखले र अडियोमा मात्रै सुन्न पाइन्थ्यो तर अहिले समय बदलिएको छ। थारु गीत र सङ्गीतलाई पनि युट्युब लगायत सामाजिक सञ्जालमा सुन्न सहित भिडियो मार्फत मज्जाले हेर्न पनि पाइन्छ। नयाँ युवा पुस्ताको प्रयासले थारु गीत र सङ्गीत कोल्टे फेर्दैछ।

थारु समुदायको सबभन्दा महान् पर्व जितियाको 'हे जित महान' बोलको थारु गीत शुक्रवार सार्वजनिक भएको छ । थुप्रै थारु र मैथिली चर्चित गीतहरूमा स्वर दिएका चर्चाको शिखरमा रहेका उदयमान थारु गायक सुनिल चौधरीको स्वर र सङ्गीत रहेको छ भने गायिका तर्फबाट अनुमा चौधरीले साथ दिएकी छिन।

गीतमा शब्द भने नवीन चौधरीको रहेको छ भने एरेन्ज गणेश चौधरी गरेका हुन । थारु, नेपाली लगायत भोजपुरीका थुप्रै चर्चित गीतहरूलाई निर्देशन गरिसकेका जनक चौधरीले पुन हालको 'हे जितिया महान' बोलको गीतमा पनि चौधरीकै निर्देशन रहेको छ । पौराणिक पर्वका थारु गीत र सङ्गीत जीवन्त रहोस् र अहिलेका युवा पुस्ताले आफ्नो संस्कृति,संस्कार र परम्परालाई निरन्तरता दियोस् भनी यो म्युजिक भिडियो निमार्ण गरेको चौधरीले जानकारी दिएकाछन्।

यो भिडियोलाई छायाङ्कन रविन चौधरीले गरेका छन् । भिडियोमा थारु कलाकारहरू सविता चौधरी र गोविन्द चौधरी,पाण्डप चौधरी,रामरी चौधरी, प्रदीप चौधरी, आशिश चौधरी लगायत चर्चित तथा स्थापित कलाकार जानकी चौधरीको समेत अभिनय देख्न सकिन्छ । 'हे जित महान' गीतलाई थारु चलचित्र सांस्कृतिक सङ्घ सुनसरीको प्रस्तुति रहेको र टिएफसिए नेपालले युटुव च्यानल मार्फत सार्वजनिक गरेको हो ।