इटहरी : शुक्रवार काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा 'मिस ग्राण्ड नेपाल २०२१' सम्पन्न भएको छ । सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनी सँगै अन्य ४ सुन्दरीहरूले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौँकी सुर्जिना श्रेष्ठले 'मिस टुरिजम नेपाल', हेटौँडाकी मनीषा छिनाल 'मिस ल्यान्डस्केपस नेपाल', झापाकी वविता आचार्य 'मिस स्कुवा नेपाल', पोखराकी प्रमिला विश्वकर्माले 'मिस मल्टिनेशनल नेपाल' को ताज पहिरिन सफल भएकी हुन् ।

सम्पूर्ण विजेताहरूले ५०-५० हजार नगद सँगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपाली चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् । यस्तै विजेताहरूले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउँदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरू प्रतिस्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।

फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनीले  मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरूलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भीम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दीपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो।

ग्राण्ड फिनाले कार्यक्रमबाट टाइटल अवार्डहरू पनि प्रदान गरिएको थियो । जस अन्तर्गत 'मिस इनोसेन्ट' यशोदा रेग्मी, 'मिस एक्टिभ' ममता बुढा क्षेत्रि, 'मिस स्पोन्टेनियस' मनीषा छिनाल, 'मिस बेस्ट फिगर' ममता मल्ल, 'मिस परशनालिटी' वर्षा राणा, 'मिस फोटोजेनिक' सपना कार्की, 'मिस बेस्टवाक' प्रमिला विश्वकर्मा, 'मिस मल्टिमिडिया' वविता आचार्य, 'मिस बेस्ट स्पिच' सोनाली सापकोटा, 'मिस इन्टेलुक्च्युल' निशु शाह, 'मिस कोन्जेनियालिटी' निशु कुमारी शाह, 'मिस ट्यालेन्ट' वविता आचार्य, 'मिस हार्ड वोर्किङ' सोना कुमारी यादव, 'मिस फ्रेन्डली' अन्जली थापा, 'मिस बेस्ट हेयर' अस्मिता तामाङ, 'मिस ग्ल्यामर' ममता बुढा क्षेत्रि, 'मिस बेस्ट स्माइल' डिम्पल खरेल, 'मिस बेस्ट स्किन' सुर्जिना श्रेष्ठ र 'मिस कन्फिडेन्ट'को टाइटल सोनाली सापकोटाले जितेकी थिइन् ।

grand-2