धरान : धरान १६ विकास टोलका एक युवाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । २२ बर्षीय युवा बिकल भटराईले आत्महत्या गरेका हुन् । 

उनले आफ्नै घरको कोठामा झुण्डिएर आज करिब ११ बजेतिर आत्महत्या गरेका हुन् । प्रहरीले उनको कोठाबाट डायरी पनि फेला परेको छ । डायरीमा आफु आत्महत्या गर्दैछु भन्ने नलेखे पनि डायरीमा उनले दिनुपर्ने हिसाब र बैंकलाई तिर्नुपर्ने पनि लेखेका छन् । धरान १ स्थित लक्ष्मी सडकमा मिलेर होटल चलाइरहेका थिए । उनी जेठा छोरा हुन् । उनको बुबा लोकप्रसाद भटराई कौशिकी क्याम्पसमा कर्मचारी छन् ।

मृतक भटराईले डायरीमा नेपाल बैंकको ३० गते भित्र बुझाउनुपर्ने लेखेका छन् भने असार २५ गते भित्र बुझाउनुपर्ने पनि अर्को लाइनमा लेखेका छन् । उनले डायरीमा यो पनि लेखेका छन्,'I tried so hard & got so far in the end it dosen't even matter.'

यस्तै, अर्को पानामा दिनुपर्ने भनेर विभिन्न व्यक्तिको नाम र रकम खुलाएका छन् । यो उनले दिनुपर्ने हो कि उनलाई दिनुपर्ने हो भन्ने स्पष्ट छैन । यस्तै, बाहेक दोकानमा 'सेभ भएको' भनेर पनि विभिन्न व्यक्तिको नाम र रकम खुलाएका छन् । 

hanging-note

प्रहरीले डायरी अनुसन्धानको लागि लगेर गएको छ भने शव पोष्टमार्टम गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । डिएसपी ढुण्डीराज न्यौपानेले डायरीमा ५ लाख रुपैयाजति तिर्नुपर्ने देखिएको डायरी भेटिएको बताएका छन् । साथै, सोसाइट नोट नै नभएपनि निराश भएको हुनसक्ने डिएसपी न्यौपानेले बताए । 'ऋणको हिसाब र होटलको विभिन्न रक्सीको दामहरु भएको डायरी छ, भर्खरका युवा भएकोले चाडै निराश पो भएको हो कि भन्ने छ, अनुसन्धान गछौं,'उनले भने ।

तस्बिर स्रोत : पत्रकार मणिराज भटराईको फेसबुक