इटहरी: चारकोशे झाडीमा दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी पोष्ट तरहराका इन्चार्ज भुवन विकका अनुसार इटहरी धरान सडकखण्ड अन्र्तगतको चारकोशे झाडीमा केहीबेर अघि भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । विकका अनुसार को २९ प ४१९५ नम्बरको रातो पल्सर मोटरसाइकल र र ना २ च ६६८९ नम्बरको जीप ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलले जीपलाई ठक्कर दिएको बताइएको छ । मृतकको नाम, थर भने खुल्न बाँकी छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































